दफा १७
कुलपतिको काम, कर्तव्य र अधिकार
: यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त कुलपतिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) सभाले दिएको निर्देशन र परिषद्ले गरेको निर्णयको कार्यान्वयन गर्ने, गराउने,
(ख) प्रज्ञा प्रतिष्ठानको वार्षिक कार्यक्रम, बजेट, प्रतिवेदन तथा अन्य प्रतिवेदन तयार गर्न लगाउने,
(ग) प्रज्ञा प्रतिष्ठानको काम, कारबाही तथा कर्मचारी प्रशासनको सामान्य नियन्त्रण गर्ने,
(घ) परिषद्को स्वीकृति लिई प्रज्ञा प्रतिष्ठानको तर्पmबाट करार गर्ने,
(ङ) स्वदेशी तथा विदेशी संघ संस्थासँग प्रज्ञा प्रतिष्ठानको कामसँग सम्बन्धित विषयमा आवश्यक सम्पर्क गर्ने,
(च) तोकिए बमोजिमका अन्य काम गर्ने ।